Monday, May 31, 2010

अन्तर्वार्ता: लक्ष्मण बस्नेत(निर्माता तथा नायक)

अन्तर्वार्ता: लक्ष्मण बस्नेत(निर्माता तथा नायक)

प्रस्तुति: जिवन पराजुली
वुद्दिजिवि बर्गहरुका लागि यो चलचित्र निर्माण गरेका हौँ ।
जेठ १४ गते शुक्रबार देखि पहिलो नेपाली एड�

विशेषगरि नेपाली चलचित्र नहेर्ने दर्शकलाई लक्षित गरिएकोले यसले नेपाली चलचित्र उद्योगमानै ठुलो तथा सकारात्मक प्रभाव पार्छ भन्ने पुर्ण विश्वास छ
�ेन्चर चलचित्र राजधानीका विभिन्न १२ वटा हलहरुमा प्रदर्शन भईरहेको छ । प्रदर्शनको मिती आईनपुग्दै २०६६ मा भएको डि.सिने. अवार्डमा उत्कृष्ट सिनेमाको पदक हात पार्न सफल भईसकेको यो चलचित्रका निर्माता तथा नायक लक्ष्मण बस्नेतसँग हामीले गरेको कुराकानीको संपादित अंश:
१. तपाईँकै शब्दमा यतिको खोजीमाको सन्देश के हो ?
विदेशिको ईशारामा आफ्नो देशको सम्पदा तथा बहुमुल्य चिजलाई नाश गर्नुहुन्न भन्ने ‘यतिको खोजीमा’को मूख्य सन्देश हो । संसारको कुनै ठाउँमा नपाईने यति अर्थात हिम-मानव हाम्रो देश नेपालको हिमाली भेगमा मात्र पाईन्छ भन्ने कुरा आईरहेको छ तर यथार्थ भने अझै थाहा हुन सकेको छैन । विभिन्न श्रोतहरु साथै अध्ययनबाट एनिमेशन गरेर यतिलाई प्रस्तुत गरेका छौँ । आममानिसको परिकल्पनालाई चलदृश्यमार्फत चलचित्र हलसम्म पुर्याउने हाम्रो यो प्रयास पनि हो ।


२. प्राविधिक रुपमा नेपालीत्व झल्केको छ, यो कसरी सम्भव भयो ?
अहिले नेपाली चलचित्र उद्योगमा जति पनि छन् ति सबै पुराना छन् । नयाँहरुले केहि काम गर्न खोजे भने उनिहरुले खुट्टा तान्ने गरिरहेका छन्, नयाँलाई अवसर पनि दिएका छैनन् । यस्तैहरुको भिडमा सम्पुर्ण टिमनै नयाँ तथा १७-१८ बर्षका कलिला युवाहरुको यो सफल प्रयास हो । अहिलेको नयाँ जेनेरेशन प्राविधिक रुपमा निकै अगाडी छन् । मेरो मुल्यांकनबाट नयाँलाई एउटा मौका दिएँ र सफल पनि भएँ । नेपालमा पहिलोपटक ५.१ डिजिटल प्रविधिमा काठमाण्डौमानै मिक्सिङ्ग गरिएको हो । अरु डिजिटल सिनेमा भन्दा अगाडीनै यो सिनेमाको निर्माण कार्य भने सकिएको थियो तर हलमा सिस्टम नभएकोले प्रदर्शन रोकियो, पछि क्यु सिस्टमले गर्दा ढिला प्रदर्शन भयो ।


३. तपाईँले भनेजस्तो यो चलचित्र प्राविधिक रुपमा त सवल देखिएननि ?
चलचित्र निर्माण कार्य सकिएपछि हामीले परिक्षण गरेर मात्र हलमा चलाएका हौँ । केहि हलहरुको साउन्ड सिस्टमको खराबिका कारणले गर्दा तपाईँलाई त्यस्तो लागेको हो । यतिको खोजीमा सिमित साधनका वाबजुत पनि बलिउडको लेभलमा पुर्याईएको छ, कुनै पनि कमजोरि छैन् ।
४. पुरा मनोरञ्जनमा रमेका दर्शकलाई यतिको खोजीमाले कुनै प्रभाव पार्ला ?
हो खासमा तपाईँले भनेजस्तो नेपाली दर्शकहरु पुरै मनोरञ्जनात्मक चलचित्र हेर्न जान्छन्, उँहाहरुले मेरो पनि चलचित्र हेर्नुहुन्छ भन्ने पुरा विश्वाश छ । विशेस गरि हिन्दि तथा अंग्रेजी चलचित्र हेर्ने तथा वुद्दिजिवि बर्गहरुका लागि यो चलचित्र निर्माण गरेका हौँ । थोरै लगानीमा पनि नेपालमा यस्तो खाले प्रविधिक रुपमा सवल चलचित्र बन्दो रैछ भन्ने कुराको उदाहरण हो यो । नेपालमा चलनचल्तिमा रहेका चलचित्र भन्दा यतिको खोजीमा अलगधारको छ, विशेषगरि नेपाली चलचित्र नहेर्ने दर्शकलाई लक्षित गरिएकोले यसले नेपाली चलचित्र उद्योगमानै ठुलो तथा सकारात्मक प्रभाव पार्छ भन्ने पुर्ण विश्वास छ ।


५. यो चलचित्र हेरिसकेका दर्शकलाई के भन्नुहुन्छ ?
यो चलचित्र हेरिसकेका मेरा प्यारा दर्शकलाई समग्रमा राम्रै लागे होला । कमिकमजोरी औँल्यादिनुहोला जसले गर्दा आगामी चलचित्र बनाउँदा गल्ति दोहोरिने छैन् । यतिको खोजीमाको बारेमा बजारमा सेयर गर्नुहोला, यतिनै हो ।

No comments:

Post a Comment