Saturday, June 12, 2010

चलचित्र विकास बोर्डद्वारा दिन लागीएको अवार्ड

अनिश्चिततातर्फ
जिवन पराजुली
२८,जेठ २०६७
चलचित्र विकास बोर्डले दिन लागेको राष्ट्रिय चलचित्र अवार्ड तथा सम्मान अर्को निर्णय नहुन्जेलसम्मका लागी स्थगन गरिएको छ । सरोकारवाला संघसंस्थाले विरोध जनाएपछि आँउदो असार १६ मा तय गरिएको अवार्ड तथा सम्मान अनिश्चित बनेको छ ।
बोर्ड एकपक्षीय ढंगबाट जान खोजेको आरोप लाउँदै  चलचित्र निर्माता, निर्देशक तथा प्राविधिक संघले अवार्ड बहिष्कार गर्ने बताएपछि उक्त कार्यक्रम रोकिएको हो । आफुहरुलाई जानकारीनै नगराई बोर्डले एकपक्षिय निर्णय गरेकोमा अवार्डमा  त्रुटि  रहेको  भन्दै  त्यसलाई  नसच्याएमा बहिष्कार  गर्नेसम्मको चेतावनी दिएका थिए । २०६६ मा सेन्सर पास भएका नेपाली डिजिटल र सेल्युलाइड  फिल्मलाई  दर्ताका  लागि जेठ २७  सम्मको म्याद दिईएको थियो ।
०६५ मा समेत सेन्सर पास भएकालाई यसपटक अवार्ड दिँदा बजेट पनि कम भएको कारण देखाउँदै ०६६ का चलचित्रलाई मात्र सहभागी गरेको हो ।
वोर्डका प्रसासन अधिकृत अनुपम निरौलाले विवादित कार्यक्रमको विषयमा निरन्तर छलफल चलिरहेको बताए । “२०६५ को एउटा चलचित्र छुटेको रहेछ बल्ल थाहा भयो साथै १८ वटा विधामा मात्र अवार्ड दिने भनिएको थियो तर यसमा विरोध आयो कार्यक्रम स्थगित होईन स्थगन गरेका हौँ, १-२ दिनमा अर्को मिती थाहा हुन्छ”, अनलाईन संसारसँगको कुराकानीमा उनले बताए । एकैचोटि दुई वर्षको हुने हुँदा बोर्डले ०६६ मा पास भएकालाई मात्रै अवार्ड दिन तयारी गरिरहेको थियो ।
०६५ मा समेत सेन्सर पास भएकालाई यसपटक अवार्ड दिँदा बजेट पनि कम भएको कारण देखाउँदै ०६६ का चलचित्रलाई मात्र सहभागी गरेको हो । खलनायक र बालकलाकारको चरित्रमा पनि अवार्ड दिइने छैन साथै फिल्मको स्क्रिन-प्ले लेखनमा अवार्ड राखेर 'कथा' विधालाई हटाईएको छ भने संवाद र गीतकारको विधामा पनि  राष्ट्रिय अवार्ड  प्रदान  नगरिने  भएको छ ।
सम्मानितलाई राष्ट्रपति भवनमा राष्ट्रपति डा.रामवरण यादवद्वारा अवार्ड दिइने  छ ।

No comments:

Post a Comment