Sunday, June 13, 2010

मेरी बास्सै र भुईचालो द्दारा टेलिअवाड बहिस्कार

दर्शकले मन पराएको आफ्नो सिरियललाई पाँच उत्कृष्ट हास्यशृखलामध्येमा पनि मनोनयन नगरिएको भन्दै भन्दै पत्रकार सम्मेलन गरी टेलिशृङ्खला मेरी बास्सै कलाकार तथा निर्देशकद्धय केदार घिमिरे (माग्ने बुडा) र सिताराम कट्टेल (धुर्मुस) ले २०६७ बैशाख ३० गते टेलिचलचित्र कलाकर्मी मञ्चले मिडिया हवसँग मिलेर ३१ विधामा आयोजना गर्न लागेको टेलि अवार्ड २०६७ मेरी बास्सै युनिटले बहिस्कार गरेको घोषणा गरेका छन् ।


आफू मनोनयनमा नपरेकोमा आक्रोसित हुँदै मेरी बास्सैकी (सुन्तली) कुञ्जना घिमिरेले यो टेली अवार्ड होइन, झ्याली अवार्ड भएको कुरा भन्दै घोर आपत्ति जनाईन । उनले वास्तवमै हास्य कलाकार भनेर चिनिएको र हास्य कलाकारिता गरिरहेको मनोनयनमा नपारिएको आरोप लगाईन र यहीँबाटै अवार्ड निष्पक्ष नभएको �

यसै बिषयमा अनलाईनसंसारसँगको कुराकानीमा टेलिभिजन कलाकर्मी मन्चका अद्यक्ष कृष्ण ढुङगानाले यो निर्णय निर्णायकहरुले गरेको र उहाँहरुसँगको छलफल पछि मात्र यस बिषयमा टुङगो लाग्ने बताउनु भयो
िचार ब्यक्त गरिन।

उत्कृष्ट हास्य अभिनेत्रीमा हालकी मिस नेपाल जेनिसा मोक्तान घरबेटी बा बाट, लगन जुर्लाजस्तो छ बाट अंशु महर्जन, तीतो सत्यबाट दीपाश्री निरौला, यहाँको चलनबाट शुभेच्छा थापा र झ्याइँकुटी झ्याइँबाट सिरु बिष्ट मनोनयनमा परेका छन् ।

माग्नेबूढाले र धुर्मुस आफ्नो टेलिशृंखलामा जोखिमपूर्ण रूपले छायांकन गरिरहेका छायाँकार मनराज श्रेष्ठलाई मेरी बास्सैबाट उत्कृष्ट छायाँकारमा मनोनीत नगरी जिरे खुर्सानीबाट मनोनीत गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे र यो सबै मेरी बास्सैको लोकप्रियतादेखि डाह गर्नेहरूले षड्यन्त्र गरेको आरोप लगाए र यसलाई बहिष्कार गर्ने कुरा बताए। हास्यविधातर्फको मनोनयन सूचीमा उत्कृष्ट पाँच शृङखलामा “यहाँको चलन”, तीतो सत्य, जिरे खुर्सानी, कलेज र घरबेटी बा परेका छन् ।


यसै बिषयमा अनलाईनसंसारसँगको कुराकानीमा टेलिभिजन कलाकर्मी मन्चका अद्यक्ष कृष्ण ढुङगानाले यो निर्णय निर्णायकहरुले गरेको र उहाँहरुसँगको छलफल पछि मात्र यस बिषयमा टुङगो लाग्ने बताउनु भयो।यसका साथै निर्णायकहरुबाट निष्पक्ष निर्णय भएको दाबी पनि उहाँले गर्नु भयो।


धुर्मुस र माग्ने बुढाले अब आफुहरु कुनै बाहनामा पनि सो अवार्डमा सामेल नहुने बताएका छन् । उनीहरुले यो अवार्ड हचुवाको भरमा बसेर बन्द कोठा भित्र गरेको निर्णय भएको आरोप लगाए। ।साथै टेलिचलचित्र 'भुईचालो' का कलाकारहरू पुर्ण थापा र रवि डंगोल (बेईमान) ले पनि टेलि अवार्ड बहिस्कार गरेका छन्

No comments:

Post a Comment