Friday, June 18, 2010

कलाकारलाई बिश्वकपको नशा


                                      
फिल्मीखबर , काठमाण्डौ, २०६७ आषाढ ४, शुक्रवार

आफैंले निर्माण गर्न लागेको फिल्मको स्क्रिप्ट सेटिङमा बसेकी अभिनेत्री रेजिना उप्रेतीलाई बिहान उठ्न निकै अल्छी लाग्छ । 'धन्न अहिले सुटिङ छैन, सुटिङ भएको भए साह्रै गाह्रो हुने रैछ' रेजिनाले भनिन् । उत्तर कोरिया र ब्राजिलको गेम हेरेर 'इन्जोई' गरेकी रेजिना शनिबारदेखि कुनै पनि गेम नछुर्टाई हेर्ने विचारमा छिन् ।
नछुर्टाई गेम हेर्ने योजनालाई विद्युत् प्राधिकरणको लोडसेडिङ तालिकाले असर पारेको अनुभव गरेका छन्, निर्देशक सोभित बस्नेतले । उनी आग्रह गर्दै भन्छन्, 'कम्तीमा पनि विश्वकप फुटबल चलुन्जेल बत्तीको व्यवस्था भइदिए राम्रो हुने थियो । प्रत्येक दिनजसो राति २ बजेसम्म फुटबल हेर्ने गरेका निर्देशक बस्नेत बिहान ७ नबज्दै स्टुडियो पुग्ने गरेका छन् । 'राज, कन्यादान र चिनोको प्राविधिक काम भइरहेकाले न्रि्रा मारेरै काम गर्नुपरेको छ,' उनले भने ।
न्रि्रा मारेरै काम गर्दै आएकी अर्की नायिका हुन्, रेखा थापा । उत्तर र दक्षिण कोरियाको गेम ध्यान दिएर हेरेकी रेखाको सेमिफाइनलपछि भने सबै खेल हेर्ने योजनामा छिन् । भन्छिन्, 'सुटिङ त जहिले गर्न पनि मिल्छ, फुटबल त चार वर्ष नभई हेर्न मिल्दैन ।' चार वर्षा आउने फुटबल मेला हेरेर अभिनेत्री झरना बज्राचार्यले पनि रमाइलो अनुभव गरिरहेकी छन् । प्रायः सुटिङ दिउँसो हुने भएकाले फुटबलका लागि समय मिलाउन गाह्रो नभएको बताइन्, झरनाले । त्यस्तै सजिलो अनुभव गरेकी छन्, नन्दिता केसीले ।



सुरुमा फुटबलप्रति चासो नभए पनि यसपालि फुटबल हेर्न महत्त्व दिएको बताउने नन्दिता भन्छिन्, 'साथीहरूले भनेपछि मलाई पनि हेरौं-हेरौं लाग्यो ।' राति अबेरसम्म फुटबल हेरेर बिहानै सुटिङमा जानुपर्दा अप्ठयारो अनुभव गरेकी नन्दिताले अहिलेसम्म सेडयुल मिलिरहेको बताइन् । चलचित्रमा फुटबलका कथाले स्थान नपाए पनि फुटबलप्रति चलचित्रकर्मीको आकर्षा भने नजानिँदो पाराले बढिरहेको छ । साथै, नेपालको फुटबल कमजोर रहेको विषयमा समीक्षा हुन थालेको छ, चलचित्रकर्मीका तर्फाट । स्रोत:- राजधानी
COMMENTS (0)

No comments:

Post a Comment