Saturday, June 19, 2010

मनिषा कोईराला आज बिबाह बन्धनमा बाँधिदै

१९ जुन २०१०
काठमाडौ

बलिउडकी नेपाली मूल की नयिकाको आज काठमाडौ स्थित गोकर्ण रिसोटमा बिबाह हुदै छ। करिब ३ सयको जन्ती सहित गोकर्ण रिसोर्टमा दुलहा सम्राट पुग्ने बुझिइको छ।बिवा�

विवाह विवाहमा आएका सम्पूर्ण पाहुनालाई स्वागत गर्न २ सय जनाको कलाकार टोलीलाई प्रशिक्षण दिइएको छ जसले दिन भर पाहुनाहरुलाई मनोरन्जन प्रदान गर्नेछन्।rn
rnत्यसो त यस अधि मनिषाको अफेयरको कुराहरु पनि प्रसस्त छापामा आएका थिए।rn
rnउनको भित्री आशय नेपालमा समाजसेवा वा राजनीतिमा सक्रिय हुनु रहेको बिश्लेषकहरु बताउछन।
�मा अन्य ब्यक्तिहरु का साथै बलिउडका हस्तीहरुलाई पनि निम्ता दिईएको बुझिएको छ।बिश्वकप हेर्दै हनिमून मनाउने योजना बनाईएको र हनिमूनका लागि मनिषाले मुस्ताङलाई प्रथमिकता दिएकी बुझिएको छ।

बैकल्पिक उर्जा अध्धययन गरेर लेदर विङग्स ब्राण्डका मलिक सम्राट बिबाहको चर्चा पछि आफु एकाएक प्रख्यात बनाईएको महसुस गर्छन।उनको अन्तर्वार्ता भारतको बिभिन्न पत्र पत्रिका समेत प्रकाशित भई सकेको छ।चर्चामा रहे पनि सम्राट भने केहि समय पत्रकारहरुबाट टाढै बस्न चाहान्छन।

सौदागरबाट चलचित्र नगरी मुम्बईमा प्रवेश गरेकी मनीषाको कलाकारिता करियर बम्बै, अग्निपथ, दिल से, खामोसी जस्ता चलचित्र रिलिजको बेलामा उच्च बिन्दुमा पुगेको मानिन्छ तर त्यसपछि उनले धेरै चलचित्र खेले पनि कुनै चलचित्रले त्यति सफलता हाल पार्न नसके पछि अहिले उनी बलिबुड सक्रिय कलाकारिताबाट टाढा छिन्।

सम्राटको ‘दिल’ सफा रहेको र सम्राट नै आफ्नो संसार भएको बताउने मनिषाले सम्राटलाई लगभग ६ महिना अगाडि चिसो रातमा भेटेकी थिईन।सम्राटले आफ्नो परिवारको सदस्यहरुलाई पनि एकदम माया गर्ने गरेको कुरा मनिषा बताउछिन्।परिवारकै सल्लाहमा मनिषाले नेपाली केटा चुनेकी बुझिएको छ। दुबै जनालई नेपालीपनका प्रेमी रहेका बुझिएको छ।

उनीहरुले पूर्ण रुपमा नेपाली शैलीमा विवाह गर्ने योजना बनाएका छन्। बेहुला सम्राट दौरा-सुरुवाल,टाउकोमा नेपाली टोपी र कम्मरमा सिरुपाते भिरेर बग्गीमा मनीषालाई लिन जाने योजना सम्राटको छ । उनी महाराजगन्जस्थित आफ्नो निवासबाट मनीषालाई लिन गोकर्णस्थित फरेस्ट रिसोर्ट पुग्नेछन् जहाँ बिवाहको कार्यक्रम सम्पन्न हुनेछ। कार्यक्रमअनुसार जन्तीको स्वागत कोइराला परिवारसहित बलिउडका प्रख्यात कलाकारहरू उर्मिला मातोडकर ,तब्बु, , गोविन्दा तथा उनको परिवार, जेकी श्राफ र उनकी धर्मपत्नी एना सिंह, दक्षिणका चर्चित नायक नागार्जुना र उनकी श्रीमती एवं साइद कपुर आदिले गर्ने बुझिएको छ।


विवाह विवाहमा आएका सम्पूर्ण पाहुनालाई स्वागत गर्न २ सय जनाको कलाकार टोलीलाई प्रशिक्षण दिइएको छ जसले दिन भर पाहुनाहरुलाई मनोरन्जन प्रदान गर्नेछन्। यी व्यक्तिलाई गोकर्ण जंगल रिसोर्ट, सोल्टी क्राउन प्लाजा एवं एभरेस्ट होटलमा पार्टी दिने कार्यक्रम छ ।

सम्राटले कुनै पनि प्रकारको दाइजो नलिने एवं पार्टी पनि घरमै दिने योजना बनाएका बताएका छन् । विवाहका लागि दुवैको २३ गुण मिलेको छ ।

निकै समय देखी सक्रिय कलाकरिताबाट टाढा रहेकी मनिषाले नेपालमै विवाह गर्नुको कारण उनको डुब्दो करियरलाई भएको धेरै बिश्लेषकहरु बताउछन। मुम्बईमा उपयुक्त पुरुष फेला नपरेपछि उनले नेपालमै विवाह गर्ने निधो गरेका बताउनेहरुको पनि कमी छैन।त्यसो त यस अधि मनिषाको अफेयरको कुराहरु पनि प्रसस्त छापामा आएका थिए।२००१ मा नेपालका लागि अष्टेलियन राजदुत क्रिष्पिन कोनोई सँग उनको मगङनी टुटेको र पछि अमेरिकन लेखक क्रिष्टोफर डोरिससँग को सम्बन्ध ले पनि निकै चर्चा पाएको थियो ।सिनेमा जगतमा पनि एक बखत उनको नाम सँगै नाना पाटेकरको नाम खुब जोडिने गथ्र्यो।


उनको भित्री आशय नेपालमा समाजसेवा वा राजनीतिमा सक्रिय हुनु रहेको बिश्लेषकहरु बताउछन। उनका बुबा प्रकाश कोइरालालाई पूर्ब राजा ज्ञानेन्द्र शाहले आफ्नो मन्त्रिमण्डलको सदस्य पनि बनाएका थिए। बुवा प्रकाश कोइराला र फुपु सुजाता कोइरालाको पनि मनीषा राजनीतिमा सक्रिय हुन् भन्ने चाहना रहेको बताइन्छ ।


सुखद दाम्पत्य जिबनको हाम्रो तर्फबाट शुभकामना

No comments:

Post a Comment