Sunday, July 4, 2010

हेटौडामा कसम हजुरको

लामो समयको प्रेम पछि अन्तत जिवनले रेखाको कसम तोडेका छन । प्रेमको सुरुवातमा सगै मर्ने र सगै जिउने बाचा गरेकी रेखालाई जिवनले बिभिन्न बहाना बनाई कसम तोडेका हुन । आफुले मन देखी मन पराएर जिवनै सुम्पेको ब्यक्तिले यसरी मायाकै कसम तोडेर लत्याए पछि रेखा पागल जस्तै हुन्छीन र आत्महत्या गर्नतिर लाग्छीन तर उनको यो पागलपनलाई लत्याई दिन्छन उनकै अर्का साथी राजले । कुरा हो ओम चलचित्र मन्दिर हेटौडामा प्रर्दशन भैरहेको नेपाली कथानक चलचित्र ‘कसम हजुरको’को कथा ।
रामराजा दाहालले निर्देशन गरेको नेपाली चलचित्र ‘कसम हजुरको’ अहिले ओम चलचित्र मन्दिर हेटौडामा प्रर्दशन भैरहेको छ । कृषा चौलागाईले निर्माण गरेको यो चलचित्र बिशुद प्रेम कथामा आधारीत चलचित्र हो । अहिलेका युवा युवतीहरु सुरुवातमा प्रेम गर्छन र गहिरो प्
समग्रमा चलचित्र अढाई घण्टा सम्मका कुनै बोर योग्य नभएको दर्शकको प्रतिक्रिया छ ।
��ेममा परेपछि शकांलु पनि हुन्छन । बढी शका गर्ने र एकअर्कालाई बिश्वास नगर्ने अनि को भन्दा को कम को अबस्था देखाउने प्रवृत्तिमा लागेका त्यस्ता युवाहरुमा कस्तो समस्या आईपर्छ ? चलचित्रमा देखाउने प्रयास गरीएको छ । राज बल्लभ कोइराला, जीवन लुईटेल,रेखा थापा,ऋचा घिमिरे,मिथिल्ला शर्मा,गणेश उप्रेती लगाएतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रमा मायामा हुने असमझदारी देखाईएको छ । हाँसो ठट्टा,खुसी र बेदनाका मरमसला राखीएको यो चलचित्रमा असमझदारी माया अन्तत समझदारी हुने कुरामा टुंगाइएको छ । चलचित्रमा नायिका रेखा थापाको रुनाधुनाको अभिनय बिशेस रहेको छ । चलचित्रको कथा शिबं अधिकारीले लेखेका छन् भने यो चलचित्रको गित संगितले बजार पाईसकेको छ । तारा प्रकाश लिम्बुको संगित रहेको यो चलचित्रलको टाईटल गितले बजार पाई सकेको छ ।  बिशेष गरी युवा पुस्तालाई मध्यनजर गराई निर्माण गरीएको छ । बिशुद प्रेम कथा रहेको कसम हजुरको कसम दिने र लिने को कथा रोचक ढगंबाट देखाईएको छ ।
कलेजको दृष्यबाट चलचित्रको सुरुवात देखाईए पनि खास चलचित्रको मुख्य कुरा भने केटा र केटी बिचको प्रेम प्रसंगनै हो । चाहे युवा युवती हुन या श्रीमान श्रीमति हुन एक अर्कालाई शंका गरेपछि सुखमय जिवन कसरी दुखमय हुन्छ भन्नेकुरा देखाईएको छ । राजबल्लभ र जिवन अनि रेखा एउटै कलेजमा पढ्ने अति मिलनसार साथीहुन् । कलेज जिवनमा अध्यनको समयमा धेरै घनिष्ठतामा पुगे पछि र गहिरो प्रेममा डुबे पछि कस्तो हुन्छ चलचित्रले प्रष्टाएको छ । एक नायिका र दुई नायक बिच त्रिकोणत्मक प्रेम पलाए पछी चलचित्रले अर्कै कोल्टे फेर्छ ।  कलेज जिवनमा युवा युवतीहरु माया प्रेममा पर्छन तर अन्धो माया प्रेममा परेका यिनिहरुको जिवन्त परिबेशहरु चलचित्रमा देखाईएको छ । चलचित्र छायांकनको समयमा निर्माता र निर्देशकविच निकै बिबाद भएको चर्चा चलेपनि यो चलचित्रको चर्चा चलचित्र बजारमा राम्रै रहेको छ ।
चलचित्रको कथा खासै नयाँ नभए पनि चलचित्रमा सजाईएका दृयले भने दर्शकहरुलाई बोर बनाउने देखिदैन तर पुरानै चलचित्रका केही कथाका प्लटहरु लाई हुबहु देखाउन खोज्नु निर्देशकको कमजोरीनै मान्नु पर्छ । सबै दृष्यहरु पोखरामै छायांकन गरीएको कसम हजुरको मा समाबिष्ट कलाकारहरुले न्याय नै गरेका छन् । नायकहरुमा राज बल्लभको खासै नयाँ अभिनय स्टाईल त छैन तर अघिल्ला चलचित्र जस्तै ईनोसेन्ट भुमिकामा देखिएका उनलाई जसरी पर्खीबसे ले अगडी बढायो त्यस्तो चाँहि यसमा छैन चाहे छोडी गए पाप लाग्ला होस् चाहे सम्झना उनको अभिनय राम्रो रहेपनि नयाँ कुरा चाहिँ खासै छैन भन्दा उपयुक्तनै होला ।
यस्तै अर्का नायक जिवन लुईटेल, उनको पनि यो चलचित्रमा नौलो केही छैन । नशिव आफ्नोमा जे भुमिका र जे अभिनय छ प्लटनै त्यही छ ,यस अर्थमा पनि उनको नयाँ कुराचाहि दर्शकले केही पाउदैनन तर निर्देशकको निर्देशन अनुसार चाहिँ उनले न्यायनै गरेको मान्नु पर्छ । कुरा रहयो नायिका रेखा थापाको उनको अभिनय तारिफ योग्य छ । एउटी युवती र कसैको गहिरो माया जालको बिश्वासमा परेपछि देखाउनु पर्ने अभिनयको भावना अरु नायिकाले सिक्नुपर्ने रेखाले देखाएकी छिन । जे होस नायिकाको भिडमा यिनको तारिफ गर्न कोही चुकेका छैनन ।
समग्रमा चलचित्र अढाई घण्टा सम्मका कुनै बोर योग्य नभएको दर्शकको प्रतिक्रिया छ ।

No comments:

Post a Comment