Sunday, May 23, 2010

टाफन मिडिया हब टेलि अवार्ड २०६७ सम्पन्न

अवार्ड र बिभिन्न बिधाहरु को �

केहि बिबाद हरु देखिए पनि सम्रगमा हेर्दा सुरुवात भएकोले केहि कमजोरी रहने तर यसको सुरुवात हुनु नै टेलिभिजनकर्मीहरुको लागि खुसीको खबर र राम्रो काम भएको र भबिय्यमा यो बिबाद मुक्त हुदै जान सके टेलिभिजन कर्मीहरुको लागि हौसला र प्रेरणाको स्रोत हुने देखिन्छ।
Releated Contents
टेलि अवार्डको भाका सर्यो
िस्तृत बिवरण:


लाईभ टाईम अचिभमेन्ट अवार्ड: रुद्रप्रसाद पाण्डे
लोकप्रिय अभिनेत्री: कुञ्जना घिमिरे(मेरी बास्सै')
लोकप्रिय अभिनेतामा रामकेशर बोगटी
लोकप्रिय टेलिफिल्म: 'अम्मरेको पुकार'


सामाजिक(चेतनामूलक
टेलिफिल्म : साल्गीको बलात्कृत आँसु
अभिनेत्री : उषा पौडेल (करुणा)
सहअभिनेत्री : कृति भट्टराई (गहना)
अभिनेता : रमेश बुढाथोकी (उद्घाटन)
सहअभिनेता : शूरवीर पण्डित (अम्मरेको पुकार)
बालकलाकार : स्वस्तिका बुढाथोकी (करुणा)
निर्देशक : बद्री अधिकारी (साल्गीको बलात्कृत आँसु)
कथा : पारिजात (साल्गीको बलात्कृत आँसु)
सम्पादन : छिरिङ रितार र अरुण शर्मा (दलन)
छायांकन : सिद्धार्थ शाक्य (दलन)
संवाद : आहुति (दलन)
शृंगार : रोशन लामा (करुणा)


हास्यव्यंग्य
टेलिफिल्म : तीतो सत्य
अभिनेता : शिवहरि पौडेल (जिरे खुर्सानी)
सह अभिनेता : शूरवीर पण्डित (मेरी बास्सै)
अभिनेत्री : दीपाश्री निरौला (तीतो सत्य)
सहअभिनेत्री : निशा अधिकारी (घरबेटी बा)
बाल कलाकार : राज आचार्य (तीतो सत्य)
निर्देशक : दीपकराज गिरी (तीतो सत्य)
कथा : दीपकराज गिरी (तीतो सत्य)
संवाद : दीपकराज गिरी (तीतो सत्य)
छायांकन : वसन्त रुपाखेती (तीतो सत्य)
पटकथा : जितु नेपाल (जिरे खुर्सानी)
सम्पादन : शिव पुरी (यहाँको चलन )

म्युजिक भिडियो
आधुनिक/पप
गीत : जहाँ भ्रमर छ...
मोडल महिला : एलिना गिरी
मोडल पुरुष : विनय श्रेष्ठ
निर्देशक : संगीता श्रेष्ठ
दोहोरी
गीत : भरिया दाइले...
मोडल पुरुष : शूरवीर पण्डित र शंकर बीसी
मोडल महिला : रञ्जु लामिछाने
निर्देशक : मदन बस्नेत

* २०४१ देखि २०५० भित्रका टेलिफिल्ममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको '१५ गते' लाई अवार्ड
* २०५१ देखि २०६० भित्रका टेलिफिल्ममा लय संग्रौला निर्देशित 'देवी' लाई अवार्ड
* सन्तोष पन्तलाई टेलिफिल्म र प्रशान्त तामाङलाई नेपाली भाषा मा योगदानका लागि सम्मान

अवार्ड र बिबाद
आफ्नो टेलिचलचित्रलाई पर्नु पर्ने बिधामा नोमिनेसनमा समेत नराखिएको भन्दै मेरी बस्सै(एन टि भी) र भुईचालो(कान्तिपुर टि भी) ले यस अघि नै पुरुस्कार कार्यक्रमलाई बहिस्कार गरेका थिए।यसै अनुरुप मेरी बस्सैकी की कुञ्जना घिमिरे सर्वाधिक लोकप्रिय अभिनेत्रीतर्फको पुरुस्कार पाए पनि मेरी बस्सैका कोहि पनि देखिएनन्
मह जोडीले आफूहरूले नचहादाँ नचाहदै र भाग नलिदाँ नलिदै पनि आफुहरुलाई लोकप्रिय कलाकारको सूचीमा राखिएकामा घुमाउरो रुपमा असन्तुष्टी ब्यक्त गरे।हरिबश आचार्यले केहि दिन अघि नै ‘उमेरले हामीभन्दा कान्छा भाइबहिनीले स्पर्धा गर्ने अवार्डमा स्पर्धा गर्न हामीलाई मन लागेन। त्यसैले हामीले भाग लिएका छैनौं’ भनेका थिए।सन्तोष पन्तले पनि त्यसतै बिचार ब्यक्त गरेका थिए।

अवार्ड पछि जिरे खुसानीका मुन्द्रे जितु नेपालले जसलाई अवार्ड चाहिएको थियो, उनीहरुले पाएका प्रतिक्रिया दिए र हाँस्य टेलिफिल्मको उत्कृष्ट जाँच्न त्यही क्षेत्रको एउटै कलाकार जुरीमा नहुनु विडम्बना भएको कुरा बताए ।पहिले नै आफुलाई यसकुराको जानकारी भएको 'जिरे खुर्सानी' अवार्डमा नै नपाउने कुरा उनले जनाए।


टेलिभिजनतर्फ दर्शकको क्रेज बढाउन सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्त, वसुन्धरा भूषाल, रूपा राना, बिना बुढाथोकीलगायतका थुप्रै टेलिभिजन छायामा पर्न पुगेको अनुभिति गरिएको थियो


केहि बिबादहरु देखिए पनि सम्रगमा हेर्दा सुरुवात भएकोले केहि कमजोरी रहने तर यसको सुरुवात हुनु नै टेलिभिजनकर्मीहरुको लागि खुसीको खबर र राम्रो काम भएको र भबिय्यमा यो बिबाद मुक्त हुदै जान सके टेलिभिजन कर्मीहरुको लागि हौसला र प्रेरणाको स्रोत हुने देखिन्छ।

No comments:

Post a Comment