Monday, May 24, 2010

नायिकाको बाहिरी सुन्दरतामा अड्किएको चलचित्र

नायिकाको बाहिरी सुन्दरतामा अड्किएको चलचित्र
जिवन पराजुली
अहिलेसम्म बनेका जतिपनि नेपाली चलचित्रहरु छन् एकाध बाहेक पुर्णतया प्रेमकथामा आधारित रहेर बनेका छन् । हरेक पक्षमा नायिकाको सुन्दरताको बयान गरिएको हुन्छ, त्यतिमात्र होईन कथानै उनको सुन्दरतामा बाधिँन पुग्छ ।

पछिल्लो समयमात झन्  पहिलेका चलचित्रभन्दा बढि बाहिरि सुन्दरतामा नै अड्किएर करिव साढे दुइ घण्टा समय नेपाली चलचित्रका दर्शकहरुले बिताउनुपर्ने बाध्यता छ । प्रसंग जोडौँ अघिल्लो शुक्रबार बैशाख ३१ गतेदेखि राजधानि बाहिरका हलहरुबाट प्रदर्शनमा आएको चलचित्र ‘भागी-भागी नजाउ’को । माथि भनिएजस्तो यो चलचित्र पनि एउटि केटिको बाहीरी सुन्दरताको विषयमा मात्र कथाबस्तु समेटिएको छ । यस चलचित्रलाई निर्माता चिरञ्जिवि बस्नेतले निर्माण गरेका हुन् । बिराज भट्ट, जेनिशा के.सि.,�






हरेक पक्षमा नायिकाको सुन्दरताको बयान गरिएको हुन्छ, त्यतिमात्र होईन कथानै उनको सुन्दरतामा बाधिँन पुग्छ


वनायक रेश मरहठ्ठा,जयकिशन बस्नेत लगाएतका कलाकारहरुको मुख्य भुमिका रहेको ‘भागी-भागी नजाउ’लाई मदन घिमिरेले निर्देशन गरेका हुन् ।


आफ्नी श्रीमति निकै राम्रि भएकै कारण एक डाक्टरले नराम्रो दृष्टिले हेरेको भन्दै उनको हत्यापछि श्रीमतिसँगै रिसाएका श्रीमान बिराज भट्टको आँखा छलेर आफ्नी आमाको आँखाको उपचारको निहुँमा पोखरा पुगेकि नायिका जेनिशा के.सि.लाई विदेशमा आफ्नो अध्ययन पुरा गरी घर फर्केका नायक रेशले जेनिशा सुन्दर भएकै कारण मन पराउन पुग्छन् । रेशले निकै मन पराएपछि जेनिशाले आफ्नो वास्तविकता चिठ्ठि मार्फत व्यक्त गर्न खोज्छिन् तर रेशको घरमा काम गर्ने कर्मचारीको कमजोरीका कारण उनि समक्ष अर्कै चिठ्ठि पुग्छ । अन्तत: उनीहरुको बिहे हुने कुराले उपचारको क्रममा रहेकि आमा र जेनिशाको खुशिको सिमा रहदैन ।

आफ्नो वास्तविक कुरा थाहा पाएर पनि आफुसँग बिहे गर्न राजी भएकोले उनिहरु खुशि भएका हुन्छन् तर उनीहरुभने भ्रममा नै हुन्छन्, किनभने रेशले सक्कलि चिठ्ठी पाएकै हुदैनन् ।

बिहेको कुरा चल्दै जाँदा रेश र उनका बुबा-आमा सामु जेनिशाकि आमाले आफ्नी छोरि विवाहित भएको कुरा गर्छिन् । यो सुनेर रेशले धोका सम्झन्छ र त्यहाँबाट उनीहरु फर्कन्छन् । पछि रेशले सक्कली चिठ्ठी प्राप्त गर्छन् ।

 आफ्नी श्रीमति राम्रि भएकै कारण अरुको हत्या गर्न पनि पछि नपरेका श्रीमानको सबै कुरा थाहा पाएपछि उनले श्रीमान बिराजबाट भाग्दै गरेकि जेनिशाको उद्दार गर्न आमालाई अस्पतालमै छाडेर बाहीरिन्छन् । उनले बिराजलाई जेनिशाले कुटेर मरेतुल्य अवस्थामा भेटेपछि दुवैजना त्यहाँबाट भाग्छन् । जेनिशाको पछि लाग्ने जयकिशन बस्नेतलगाएतका अन्य खलनायकहरुलाई बिराज तथा रेश दुवै मिलेर अन्त्य गरेपछि जेनिशालाई अन्य कसैको भएको हेर्न नसक्ने बहानामा बिराजले आफ्नो टाउकोमा आँफै गोली हानेर प्राण त्याग गर्छन् ।

हुन त ‘भागी-भागी नजाउ’मा समाजमा एउटि केटीको बाहीरी सुन्दरताबाट उसको भित्री रुपको बारेमा जानकार हुन सकिदैन भन्ने कुराको गतिलो सन्देश दिन खोजिएको भने पक्कै छ तर सबै चलचित्रले यहि एउटामात्र विषयबस्तुलाई समेटेर दर्शकले कुनै नौलो कुरा भने पाएका छैनन् । निकै उत्साहित भएर चलचित्र हेर्न जाने तर अन्त्य पश्चात् विश्लेषण गर्दा उहि पुरानै कुरा दोहोरिने भएकोले नै नेपालि चलचित्र हेर्न खासै चासो नहुने दर्शकहरुको प्रतिक्रिया छ ।

No comments:

Post a Comment