Tuesday, May 25, 2010

कामदारको शव भेटिएपछि ‘कोहि त छ मेरो’को सुटिंग सुचारु

कामदारको शव भेटिएपछि ‘कोहित छ मेरो’को सुटिंग सुचारु
जिवन पराजुली, ११-जेठ, २०६७ ।
रामजी लामिछानेले निर्देशन गरिरहेको नेपाली कथानक चलचित्र “कोहित छ मेरो”को छायांकन सोमवारबाट पुन: सुचारु भएको छ । चलचित्रमा सहयोगीका रुपमा काम गरिरहेका त्रिशुलिकै एक स्थानिय युवक सुटिंगकै क्रममा गत शनिवार त्रिशुलि नदिमा डुबेर बेपत्ता भएपछि सुटिंग स्थगित भएको थियो । बेपत्ता भएको भोलिपल्ट अर्थात आईतवार ति युवकको शव त्रिशुलि नदिकै किनारमा भेटिएको थियो ।
स्थानिय बासिन्दाले उक्त युवकको त्यहि चलचित्रकै कारण मृत्यु भएको भन्दै उचित क्षतिपुर्ति नपाएसम्म सुटिंग सुरु गर्न नदिने अडान लिएपछि स्थानिय प्रहरिको रहोवरमा चलचित्र “कोहित छ मेरो” निर्माण पक्षले एक लाख सत्तरी हजार रकम क्षतिपुर्ति स्वरुप दिएपछि सोमवारबाट पुन: छायांकन कार्य थालिएको हो । केहि दिन अगाडिदेखि छायांकन भईरहेको उक्त चलचित्रमा एकजना कामदारको आवश्यकता परेपछि उनलाई काममा खटाईएको थियो ।
यस चलचित्रमा राजवल्लभ कोइराला, झरना थापा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

क्षतिपुर्ति नपाएसम्म सुटिंग सुरु गर्न नदिने अडान लिएपछि स्थानिय प्रहरिको रहोवरमा चलचित्र “कोहित छ मेरो” निर्माण पक्षले एक लाख सत्तरी हजार रकम क्षतिपुर्ति स्वरुप दिएपछि सोमवारबाट पुन: छायांकन कार्य थालिएको हो ।

No comments:

Post a Comment