Tuesday, June 1, 2010

“साहसी” को हङकङमा प्रथम प्रदर्शन हुने

 “साहसी” को हङकङमा प्रथम प्रदर्शन  हुने
१८,जेठ,२०६७
मुनाल फिल्म प्रा.लि. र विन्दवासिनी चलचित्र मन्दिर पोखराको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र “साहासी” को प्रथम प्रदर्शन  27 June, 2010, æYaumatei Community CentreÆ मा प्रिमियर सो हुने जानकारी सहासी चलचित्रका निर्माता  झम ब. गुरुङले हङकङबाट जनाउनु भएको छ ।
“नेपाल भ्रमण बर्ष २०११ लाई सफल पारौं, नेपाली चलचित्रलाई माया गरौं” भन्ने मुल नाराका साथ “साहसी” चलचित्रको प्रदर्शन प्रारम्भ हुने भएको छ । खासगरी नेपाली चलचित्र “साहसी” नेपालकै उत्कृष्ट गन्तव्यहरुमा छायांकन गरिएको हुनाले दृष्य प्रधान बनेको निर्देशक बासुदेव पोख्ररेल बताउनु हुन्छ । उच्च हिमाली क्षेत्रको रंगीविरंगी लेकाली फुल, हिमाली दृष्य एवं करिब ४००० मिटर भन्दा माथीको उच्च पहाडी र हिमाली भेगमा छायांकन भएकोले दर्शकको मन लोभ्याउन सक्ने विश्वास लिई�


चलचित्र ‘साहसी’को कथाबस्तुमा देशको बर्तमान राजनैतिक परिवेशलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ ।
को छ साथै यस चलचित्रमा समावेश गरिएको रोइला भजनले नेपाली चलचित्रमा संस्कृती र आफ्नोपनलाई थप टेवा दिएको छ, फलस्वरुप यस चलचित्र पृथक बनेको अनुमान छ ।
नेपाली चलचित्रका महानायक राजेश हमाललाई विल्कुलै नयाँ भुमिका मार्फत “साहसी” मा चिनिया मार्शल आर्ट खेल उसु अन्तर्गत पर्ने ‘ताईची’ को प्रमुख कोचको रुपमा उतारिएको छ । यता चलचित्र साहसीका प्रस्तुतकर्ता एवं नायक भोज बहादुर गुरुङको जोखिम दृष्यले चलचित्रलाई थप रोचक बनाएको छ । चलचित्र ‘साहसी’को कथाबस्तुमा देशको बर्तमान राजनैतिक परिवेशलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ ।

२७ जून २०१० मा हङकङ प्रदर्शन भएपश्यात् अष्ट्रेलिया, बेलायत, बेल्जियम, जर्मन, फ्रान्स, स्पेन, अमेरिका, जापान, मलेसिया, दार्जिलिङ्ग लगायतका विश्वका प्रमूख देशका प्रमूख शहरहरुमा प्रदर्शन हुने तत्पश्चात् मात्र नेपालमा प्रदर्शन गरिने निर्माता झम बहादुर गुरुङले जानकारी दिनुभयो ।

shahasiचलचित्र ‘साहसी’ का निर्माताहरु झम ब.गुरुङ, कुविना गुरुङ र धन माया गुरुङ हुन् । प्रस्तुतकर्ता भोज बहादुर गुरुङ, कथा-निर्देशक बासुदेब पोख्रेरल, कार्यकारी निर्माता मनिरत्न पौडेल, पटकथा-संवाद पद्म कृष्ण पौडेल, दृष्य योगेन्द्र श्रेष्ठ, नृत्य अजय विष्ट, क्यामरा सुमन कुमार तण्डुकार, कला निर्देशक पासाङ्ग टि शेर्पा, सम्पादन रोशन लामिछाने हुनुहुन्छ । त्यसैगरी गीत-संगित लोकनाथ सापकोटाको रहेको छ । गीतमा स्वर अन्जु पन्त, राजेश पायल राई, अन्जना गुरुङ, लोकनाथ सापकोटा र शान्ति प्रियको छ ।
 कलाकारहरुमा राजेश हमाल, गणेश उप्रेती, स्नेहा शर्मा, भोज बहादुर गुरुङ, राजु अधिकारी, ज्याक गुरुङ, शर्मिला श्रेष्ठ, मणिरत्न पौडेल, राजेन्द्र अधिकारी, छवि सुवेदी, योगेन्द्र श्रेष्ठ लगायत हुनुहुन्छ ।

No comments:

Post a Comment