Wednesday, June 2, 2010

हिफाजतको ५१ दिन, छवि ओझाको २० बर्ष



हिफाजतको ५१ दिन, छवि ओझाको २० बर्ष
जिवन पराजुली
जेठ १९,२०६७
आजभन्दा ठक २० बर्ष अघि नेपाली चलचित्र निर्माणमा होमिएका निर्माता छवि ओझाले आजकै दिन अर्थात २०४७ जेठ १९ गतेदेखि महानायक राजेश हमाल द्वारा पहिलोपटक अभिनित चलचित्र ‘युगदेखि युगसम्म’ को छायांकन प्रारम्भ गरेका थिए भने उनै छवि ओझाद्वारा निर्मित पछिल्लो समयमा चर्चामा रहेको चलचित्र ‘हिफाजत’ले आज प्रदर्शनको ५१औँ दिन मनायो ।


संजोगवश केहि दिन अगाडी नै हिफाजत प्रदर्शन भएको ५१ दिन पुगिसकेको भएपनि केहि समय अगाडी भएको आमहड्तालका कारण प्रदर्शनमा रोकावट आएकोले छविको २० बर्षे चलचित्र यात्रा र हिफाजतको ५१ दिन आज नै हुन पुगेको हो । राजधानीका गुण, गोपी र अष्टनारायण गरी तीन हलमा ५१ दिन पार गरेको हो ।


हालसम्ममा छविले ११ वटा चलचित्रहरु निर्माण गरिसकेका छन् । उनी आफू सबै चलचित्�

निर्माता छवि ओझाकि पत्नि अर्थात नायिका रेखा थापाले विभिन्न स्क्यान्डलहरु मच्चाएरै भएपनि आफ्नो चलचित्र ‘हिफाजत’को सफल प्रदर्शन गराउने भरपुर प्रयास गरिन्
बाट उत्तिकै सन्तुष्ट रहेपनि छिट्टै प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कसले चोर्यो’ यो मनबाट निकै सन्तष्ट रहेको अनलाईनसंसार डट कमसँगको कुराकानीमा बताए ।
कुनै पनि चलचित्रले ५१औँ दिनको प्रदर्शनमा आँउनु गर्वको कुरा मानिन्छ तर छवि र रेखाले भने कुनै पनि भव्य कार्यक्रम नगरिकनै ‘हिफाजत’को ५१ दिने कार्यक्रम फत्ते गरे । उनिहरुले अरुले जस्तो फजुल कार्यक्रम नगर्ने र आफ्ना सबै दर्शकलाई नै आफ्ना ५१ दिने कार्यक्रम भएको बताए ।


निर्माता छवि ओझाकि पत्नि अर्थात नायिका रेखा थापाले विभिन्न स्क्यान्डलहरु मच्चाएरै भएपनि आफ्नो चलचित्र ‘हिफाजत’को सफल प्रदर्शन गराउने भरपुर प्रयास गरिन् । कहिले चलचित्रको गीतमा प्रयोग गरिएका कपडा त कहिले एउटा चलचित्रको लागी एउटी नारीको सफलताको प्रतिक अर्थात नारीको जिवन आफ्नै श्रीमानलाई कुकुर भन्दा पनि तल्लो स्तरमा पुर्याएर हिफाजतको नाम लिन समेत पछि परिनन् ।

No comments:

Post a Comment