Wednesday, June 2, 2010

मकवानपुर छायांकनको तारो

मकवानपुर छायांकनको तारो
मणीराज गौतम
१९,जेठ,२०६७
प्राकृतिक सौन्दर्यता र ऐतिहासिक धरोहरको धनी मानिने मकवानपुर जिल्ला नेपाली चलचित्र क्षेत्रको लागी  छायांकन स्थलको राम्रो गन्तव्य बनेको छ । यहाँका हराभरा जगंलहोस् या मानव निर्मित पर्यटकीय स्थल होस् चलचित्रका कथाले यस्ता दृश्यलाई तानिसकेको छ । बिशेषगरी चलचित्रका निर्देशकहरु चलचित्र छायांकनको लागी राम्रो दृष्य खोज्दै हिँडछन् ।

कहिं कतै आँखाले राम्रो देख्यो भने त्यही स्थललाई क्यामरामा कैद गरिहाल्छन् । यसो त मकवानपुर जिल्लामा बि.स २०५२ सालमा सजंयबाबु ढकालले चलचित्र सिन्दुरपोतेको छायांकन पछि यो जिल्ला निर्माता निर्देशकको आँखामा पर्न थालेको हो । ढकालले चलचित्रमा मकवानपुरको गौरीटार सल्लाघारी,नवलपुरको स्मारक लगायत बिभिन्न स्थानमा छायांकन गरेका थिए ।

 हालसम्म मक

अन्य जिल्लामा जस्तो स्थानीय निकायले चलचित्र पत्रकार संघसंगको सहकार्यमा निश्चित कार्ययोजना बनाउने हो भने यहाँका पर्यटकीय स्थलहरुले राष्ट्रियस्तरमा महत्व पाउने निश्चित छ
��ानपुरमा एकदर्जन भन्दाबढी सिनेमाको छायांकन भईसकेका छन् भने सानो पर्दाका पनि थुप्रै चलचित्रहरु छायांकन भइसकेका छन् । प्रथम पटक सिन्दुरपोतेबाट चलचित्रमा हेर्न पाइएको मकवानपुर जिल्ला हेर्न पाईने मन, राजकुमार, भाग्य, बसन्तऋतु, माया त माया हो, पछ्यौरी, हिफाजत, साथी रे, मनमनै मन पराएँ, सिन्दुर, विरताको चिनो, कन्यादान, कर्णवीर, बाटो मुनीको फूललगायतका सिनेमा हाम्रो सम्झनामा रहेका छन् ।
 २०५२ सालताका सञ्जयबाबु ढकालले सिन्दुरपोते चलचित्रलाई हेटौंडाकै केही कलाकार र संगीतकार लक्ष्मण शेषलाई लिएर निर्माण गरेका थिए भने यो चलचित्रलाई राजुध्वज राणाले निर्देशन गरेका थिए  । उनी आफू हेटौँडाकै रहेको र यहाँको मनोरम स्थललाई चिनाउने प्रयास गर्नु ढकालको ठूलै साहस मान्नुपर्छ । सञ्जयबाबु ढकालको प्रयासपछि निर्देशक सोभित बस्नेतले आफ्नो चलचित्र राजकुमार छायांकनका लागि हेटौँडा ल्याएका थिए ।

उनले पनि नवलपुरको शहिद स्मारक, मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा बजार, भैँसेलगायतका स्थानहरु कैद गरी दर्शकमाझ ल्याइसकेका छन् । त्यतिबेला हेटौँडाका उत्साहित युवाहरु नेपाली सिनेमामा आकर्षण भइरहेको र चलचित्रको मुख्य वितरक यही रहेकाले निर्माता निर्देशकहरु छायांकनको लागि हेटौँडाआउने गरेको वितरक नरेद्र महर्जनको भनाइ छ । त्यसो त सिन्दुरपोतेअघि केही चलचित्र छायांकनको लागि मकवानपुर नआएका भने होइनन् । चलचित्रको सबै दृष्य हेटौँडामानै छायांकन नगरीएपनि कथा अनुसारका स्थल हेटौँडामा नरहेका भने होईनन ।

 नवलपुरको शहिद स्मारक जहा शहिद हरुको तस्बीर रहेका छन । श्याम सापकोटाको निर्माणमा तुलसि घिमिरेको निर्देशन रहेको चलचित्र बलिदानमा यसै ठाउको तस्बीर पहिलो पटक कैद गरे पनि सिन्दुरपोतेनै पहिलो हेटौँडामा छायांकन भएको चलचित्र मान्नु पर्छ ।
हेटौँडाको ॐ हलका तत्कालीन सञ्चालक सुशील चौंलागाईले त्यतिबेला केही चलचित्र फाट्टफुट्ट छायांकनको लागि ल्याउने गरेको द्वन्द्व निर्देशक राजेन्द्र खड्गीको भनाइ रहेपनि कुन-कुन चलचित्र छायांकन भए त्यसको लेखाजोखा छैन । द्वन्द्व निर्देशक खडगी भने मकवनपुरको दामन स्वीजरल्याण्ड जस्तो र कुलेखानीको ताल र तराई पहाड,हिमाल सबै दृष्यहरु चलचित्रको लागी चाहिने हुदा यो ठाउँ छायांकन स्थलमात्र होईन एउटा फिल्मी स्टुडियोको सम्भाबना बन्ने धारणा राख्नु हुन्छ । द्वन्द्व निर्देशक खड्गी मात्र होईन मकवानपुर जिल्लाले मन लोभाईदिएको अर्का ब्यक्ति हुन् निर्देशक ज्ञानेन्द्र देउजा, उनलाईपनि मकवानपुरको हेटौँडा सिमेन्ट लगाएत दामनको हिउँ र यहाँका जगंलहरु छायांकन स्थलको लागी योग्य रहेको बताउछन् । उता चलचित्रका निर्माता छबिराज ओझालाई पनि हेटौँडा सिमेन्ट भित्रको मेसिनहरुको स्पटमन पर्यो भने यहा रहेको चुरेको जंगलले पनि महोनी लगायो फस्वरुप उनले चलचित्र हिफाजतको छायांकन यही गरेका थिए ।
 ॐ हल सञ्चालन गर्दै आइरहेका एवम् चलचित्र निर्माण गर्दै आएका नरेन्द्र महर्जनका अनुसार पहिले पहिले यहा“को सौन्दर्यता भन्दा पनि पूर्वपश्चिम जाने आउने बाटो यही पर्ने कारणले गर्दा फाट्टफुट्ट चलचित्र छायांकन हुने गरेको उहाँको भनाइ छ । तर, उहाँका अनुसार हालसम्म जति चलचित्र हेटौंडामा छायांकन भए, यी मध्ये हिफाजत नामक चलचत्रिमात्र व्यवसायिक धार सोचेर छायांकन गरिएको चलचित्र हो । निर्देशक बस्नेतको राजकुमारपछि उहाँले अरु दुई चलचित्र मन र कर्णवीर पनि मकवानपुरमै छायांकन गर्नुभएको थियो ।
 यी चलचित्रको छायांकनपछि हेटौँडाका एक व्यवसायी हस्तबहादुर स्याङ्तानले बसन्त ऋतु नामक चलचित्र छायांकन गरेका थिए, तर नयाँ निर्माताका रुपमा देखेका उनलाई बसन्त ऋतुले खासै अगाडि बढाएन । त्रिखण्डीलगायत मकवानपुर जिल्लाका विभिन्न स्थानमा छायांकन गरिएको बसन्त ऋतुको छायांकनपछि मकवानपुर जिल्लामा नेपाली चलचित्रको छायांकनमा ओझेल परेको थियो । नेपाली चलचित्र हेर्ने दर्शकहरुको लागि मकवानपुर जिल्ला राम्रो व्यवसायिक जिल्ला हो । यही नजरमा पनि निर्माता निर्देशकहरु यहाँको स्थानलाई भन्दा पनि दर्शकलाई तान्ने मनशायमा चलचित्र छायांकन गर्न आउने गरेको निर्देशक राजेन्द्र उप्रेतीको भनाइ छ । उप्रेती पनि हेटौँडाकै हुनुहुन्छ । आफूले निर्देशन गरेको चलचित्र मनमनै मन पराएँको केही दृष्य हेटौँडामा छायांकन गरेका उनले बताए ।
 विशेष गरी मकवानपुरमा चलचित्र छायांकनको स्थानको चर्चा गर्दा माया त माया हो का निर्माता विनोद अर्याल भन्छन्– ‘चलचित्र गीतको छायाड्ढनको लागि मकवानपुरगढी चर्चित छ ।’ उनले पनि आफ्नो पहिलो चलचित्र माया त माया हो को सम्पूर्ण दृष्यको छायाड्ढन मकवानपुरमै सम्पन्न गरेका थिए । आफू मकवानपुरबासी रहेको र आफ्नो चलचित्रको कथासमेत प्रजा जातिको रहेकाले आफूले मकवानपुरका प्रजा टोलमा छायाड्ढन स्थल रोजेको उनी बताउँछन् । तर उहाँका अनुसार मकवानपुरको ऐतिहासिक गढी, शहीद स्मारक, दामन र कुलेखानीका स्थलहरु नेपाली चलचित्रको छायाड्ढनका लागि योग्य ठाउँ हुन् । हुन पनि निर्माता निर्देशकहरु थोरै दृष्यका लागि भएपनि कुलेखानी, दामन, शहीद स्मारक पुग्ने गर्छन् ।


 मेरो एउटा साथी छ, बाटोमुनिको फूल, कसले चो¥यो मेरो मनलगायतका अन्य चलचित्र पनि कुलेखानीको मुख देखाउन लायक चलचित्र हुन् । प्रशस्त छायाड्ढन स्थल रहेपनि अन्यत्रभन्दा सुटिङ युनिटका लागि बास बस्ने ठाउँ अत्याधिक महंगो भएका कारण पनि मकवानपुरमा चलचित्रको छायांकनमा गिरावट आएको गुनासो छ । तरपनि अरु जिल्ला जस्तो मकवानपुर जिल्लामा सुटिंगका लागि भनेर त्यस्तो कुनै सेट छैन । जसकारण यस्तो कार्यबाट हुने आम्दानीलाई यहाँका स्थानीय निकायलेसमेत लिन सकेको छैन । जिल्लाले यतिधेरै अवसरहरु प्रदान गरिरहेको भएपनि त्यसबाट जिल्लालाई भने कुनै आर्थिक लाभ हुन सकेको छैन । जिल्ला विकास समिति,नगरपालिकालगायत स्थानीय निकायले यससम्बन्धी कुनै ठोस नियम कानून पनि बनाएका छैनन् । अन्य जिल्लामा जस्तो स्थानीय निकायले चलचित्र पत्रकार संघसंगको सहकार्यमा निश्चित कार्ययोजना बनाउने हो भने यहाँका पर्यटकीय स्थलहरुले राष्ट्रियस्तरमा महत्व पाउने निश्चित छ

No comments:

Post a Comment