Sunday, June 6, 2010

बर्षौंपछि ‘राजु’ पोखरामा

बर्षौंपछि ‘राजु’ पोखरामा
मंगोलियन हर्टका राजु लामा आफ्नो एकल गायनका लागि शनिबार संगीतपारखीमाझ आठ वर्षपछि दोस्रो पटक पोखरामा देखिए । स्टेसन द फुड क्लब एन्ड ससेस् पार्कको निमन्तर्णामा एकल गायन प्रस्तुत गर्न लामा पोखरा पुगेका थिए । ब्यापक प्रचार-प्रसार र विभिन्न संचार माध्यमहरुबाट केहि दिन अगाडि नृ राजु आउने चाल पाईसकेका पोखरेली दर्शकहरु धेरै बर्षको अन्तरालपछि कन्सर्टमा भेट्न पाउँदा निकै खुशि मुद्रामा देखिन्थे ।
स्थानीय ब्यान्ड तथा कलाकारको प्रस्तुतिपछि  करिब तीन घन्टा ढिलो गरी गायक राजु लामा कार्यक्रमस्थलमा प्रवेश गरेका थिए । उनले  चन्द्रसूर्य अंकित झण्डा हल्लाउँदै राष्ट्रभक्तिले ओतप्रोत ‘प्यारो नेपाल मेरो नेपाल...’ गीतबाट आफ्नो  गायन सुरु गरे ।


केही समय अमेरिकाको बसाईपछि पुन: नेपाल आएका गायक लामा बर्षौँपछि पोखरामा

पोखरेली दर्शकहरु धेरै बर्षको अन्तरालपछि कन्सर्टमा भेट्न पाउँदा निकै खुशि मुद्रामा देखिन्थे
��न्सर्ट गर्न आएकाले उनलाई हेर्न र गीत सुन्न सबैखाले दर्शकको बाक्लो उपस्थिति थियो । उनले बादलपारिको देशमा..., यो आँखैमा..., विदेशमा हराएको हैन... लगायतका एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरे । 

No comments:

Post a Comment